IME Life New

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठलाई स्पष्टीकरण सोध्ने अर्थ मन्त्रालयको तयारी, राजीनामा दिन सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

अर्थ मन्त्रालयले सेवासुविधा कटौती गरेको विषयलाई लिएर करिब डेढ महिनादेखि आन्दोलनरत कर्मचारी छन्। ‘अर्थ मन्त्रालयले आफूले गरेको निर्णय फिर्ता नलिने अडानमा छ। बरु धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठ निर्णय कार्यान्वयन गराउँदै कर्मचारीको आन्दोलन दबाउन नसकेको निष्कर्षमा अर्थ मन्त्रालयले पुगेको छ’, अर्थ स्रोतले भन्यो, ‘त्यही भएर आज साँझ बस्ने बैठकमा अध्यक्ष श्रेष्ठसँग स्पष्टीकरण सोधिन सक्छ।’

Esewa
Crest

गत असोज २ गते अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डलाई लेखिएको पत्रपछि कर्मचारीहरु आन्दोलनरत छन्। धितोपत्र बोर्डको सञ्चालक समितिले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिवस्तरीय निर्णय अविलम्ब फिर्ता लिई सेबोनको स्वयात्तता अक्षुण्ण राख्न कर्मचारीहरुले माग गरेका छन्। कर्मचारी आन्दोलनका कारण सबै काम ठप्प छन्। कर्मचारीहरुले पनि अध्यक्ष श्रेष्ठको राजीनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेका छन्।

धितोपत्र बोर्डका एक उच्च अधिकारीका अनुसार अध्यक्ष श्रेष्ठले सञ्चालक समितिले ल्याएको कार्यविधि जोगाउन असफल भएका छन्। ‘कार्यविधि जोगाउन उनले धितोपत्र बोर्डका सञ्चालकहरुलाई कन्भिन्स गर्न सकेनन्। अर्थमन्त्रीसँग त अहिलेसम्म कुराकानी नै गर्न सकेका छैनन्’, ती अधिकारीले भने, ‘त्यसैले सञ्चालकहरुले पनि कुरा नसुन्ने र अर्थमन्त्रीले पनि भेट गर्न नचाहने भएपछि निकास दिन उनले राजीनामा दिने मनसाय बनाएका छन्। सायद आजको बैठकपछि उनले राजीनामा दिन सक्छन्।’

अर्थ मन्त्रालयमा आज साँझ ५ बजे सहसचिवहरुसँग छलफल रहेको छ। ‘अर्थमन्त्री रामेश्वर खनाल छलफलमा बस्ने कार्यक्रम छैन। धितोपत्र बोर्डका अध्यक्षलगायतका पदाधिकारी र सञ्चालकबीच छलफल हुनेछ’, ती अधिकारीले भने।

बैठकमा अध्यक्ष श्रेष्ठसहित कार्यकारी निर्देशकहरु सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS