IME Life New

कर्मचारी आन्दोलनः आज साँझ धितोपत्र बोर्डसँग छलफल गर्दै अर्थ मन्त्रालय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितापत्र बोर्डलाई आज छलफलका लागि डाकेको छ।

सेवासुविधा कटौतीका विषयमा करिब डेढ महिनादेखि धितोपत्र बोर्डका कर्मचारीहरु आन्दोलनरत छन्। उनीहरुले पछिल्लो समय अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजीनामा माग गर्दै उनलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाएका छन्।

Esewa
Crest

कर्मचारी आन्दोलनकै कारण अध्यक्ष श्रेष्ठ कार्यलयमा अनुपस्थित रहँदै आएका छन्। ‘आज साँझ धितोपत्र बोर्डका अध्यक्ष र सञ्चालकलाई छलफलका लागि डाकिएको छ’, अर्थ स्रोतले भन्यो, ‘छलफल समस्याको निकास निकाल्ने विषयमा केन्द्रित हुनेछ।’

गत असोज २ गते अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डलाई लेखिएको पत्रपछि कर्मचारीहरु आन्दोलनरत छन्। धितोपत्र बोर्डको सञ्चालक समितिले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिवस्तरीय निर्णय अविलम्ब फिर्ता लिई सेबोनको स्वयात्तता अक्षुण्ण राख्न कर्मचारीहरुले माग गरेका छन्। कर्मचारी आन्दोलनका कारण सबै काम ठप्प छन्।

धितोपत्र बोर्ड स्रोतका अनुसार अध्यक्ष श्रेष्ठले छलफलमा उपस्थित हुन कार्यकारी निर्देशक विनयदेव आचार्यलाई बोलाएका छन्। ‘आजको छलफलपछि माग सम्बोधन हुनेमा कर्मचारीहरु आशावादी छन्’, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS