IME Life New

एनआइसी एशिया लघुवित्तको समिक्षा गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कार्तिक १२ देखि १४ गते सम्म बाँकेको कोहलपुरमा चलेको गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरुका १२१ प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले उत्कृष्ट काम गर्र्न सफल कर्मचारीहरुको प्रशंसा गर्दै आगामी दिनमा अझै उच्च मनोबलका साथ काम गर्नका लागि हौसला प्रदान गरेका थिए । उक्त गोष्ठीमा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायतले लक्ष्य प्राप्तिका लागि कार्यगत एकता, काम प्रति पूर्ण प्रतिबद्धतामा जोड दिँदै अगाडि बढ्नुपर्ने जानकारी दिए भने अन्य विभागिय प्रमुखहरु राकेश श्रेष्ठ, विमल चौधरी, आशिष गौतम र मुक्तिनाथ लौडारीले समिक्षा अवधिमा आफ्ना विभागले हासिल गरेका उपलब्धि बारे जानकारी दिँदै चालु त्रैमासका लागि कार्य योजना प्रस्तुत गरेका थिए ।

Esewa
Crest

गोष्ठीमा पहिलो त्रैमासिक अवधिमा संस्थाले हासिल गरेका उपलब्धिहरू, देखिएका चुनौती र सुधारका सम्भावित क्षेत्रहरूबारे विस्तृत समीक्षा गरिएको थियो, साथै दोस्रो त्रैमासका लागि बजेट तर्जुमा, आगामी कार्ययोजना निर्माण, सेवा विस्तार र गुणस्तर अभिवृद्धिका रणनीतिहरूमा समेत गहन छलफल गरिएको थियो ।

गोष्ठीले संस्थाका कर्मचारीहरूलाई थप प्रेरणा, उत्साह र प्रतिबद्धताका साथ कार्य गर्न उत्प्रेरित गर्ने तथा शाखा सञ्चालन सुधार र सेवा गुणस्तर वृद्धिमा उल्लेखनीय योगदान पुराउने विश्वास व्यक्त गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS