काठमाडौं । कात्तिक १७ गते आज नेप्से परिसूचक २६२२.८९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ८.२४ अंकले घटेको छ। ६ अर्ब ५ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
त्यस्तै, ब्रोकर नम्बर ५८ बाट ८४ करोड ३६ लाखको कारोबार भएको छ जसमा ४४ करोड ५८ लाखको खरिद भएको छ भने ३९ करोड ७८ लाखको विक्री भएको छ ।
दोस्रोमा ब्रोकर नम्बर ३४ बाट २७ करोड १६ लाखको खरिद भएको छ भने २० करोड ९१ लाखको विक्री भएको छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ वटा ब्रोकरले खरिद धेरै गरेका छन् भने २ वटा ब्रोकरले विक्री धेरै गरेका छन्।


















