काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज १ करोड २१ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


















