IME Life New

आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १२ गते, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर १२ गते, शुक्रबार बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा वेष्टर्न एशियन होटल बुटवल, रुपन्देहीमा बिहान साढे ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Esewa
Crest

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक २५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

1762142746320

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS