IME Life New

निरञ्जन फुयाँलले छाडे नेप्से, एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओ बन्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कामु उपप्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले पदबाट राजीनामा दिएका छन्।

नेप्से सञ्चालक समितिले आइतबार फुयाँलको राजीनामा स्वीकृत गरेको हो। ‘फुयाँलले भदौको मध्यतिरै पदबाट राजीनामा दिएका थिए’, नेप्से स्रोतले भन्यो, ‘तर, जेनजी आन्दोलनपछि देशमा उत्पन्न परिस्थिति र नेप्से कर्मचारीले थालेको आन्दोलनका कारण उनको राजीनामा स्वीकृत हुन ढिलाइ भएको हो।’

Esewa
Crest

स्रोतका अनुसार फुयाँल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने तयारीमा छन्। अब छिट्टै एनआरएनको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्ने स्रोतको भनाइ छ।

यसअघि एनआरएनको सीईओ हेमन्त बस्याल थिए। उनी हाल नेप्सेको अध्यक्ष छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS