काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कामु उपप्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले पदबाट राजीनामा दिएका छन्।
नेप्से सञ्चालक समितिले आइतबार फुयाँलको राजीनामा स्वीकृत गरेको हो। ‘फुयाँलले भदौको मध्यतिरै पदबाट राजीनामा दिएका थिए’, नेप्से स्रोतले भन्यो, ‘तर, जेनजी आन्दोलनपछि देशमा उत्पन्न परिस्थिति र नेप्से कर्मचारीले थालेको आन्दोलनका कारण उनको राजीनामा स्वीकृत हुन ढिलाइ भएको हो।’
स्रोतका अनुसार फुयाँल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने तयारीमा छन्। अब छिट्टै एनआरएनको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्ने स्रोतको भनाइ छ।
यसअघि एनआरएनको सीईओ हेमन्त बस्याल थिए। उनी हाल नेप्सेको अध्यक्ष छन्।

















