IME Life New

यो देशमा पाइन्छ प्रतिलिटर रु. ३ भन्दा कममै पेट्रोल, सस्तैमा पाइने शीर्ष १० देश कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेट्रोल र डिजेल आज अत्यावश्यक वस्तु हुन्। त्यसैले विश्वका हरेक देशले कठिन समयमा प्रयोगका लागि रणनीतिक भण्डार राख्छन्। तिनीहरुको मूल्यमा थोरै परिवर्तनले पनि विश्व अर्थतन्त्रलाई असर गर्छ।

नेपालमा हाल प्रतिलिटर पेट्रोलको भाउ १५९ रुपैयाँ रहेको छ। तर, विश्वमा यस्तो देश पनि रहेको छ, जहाँ ३ रुपैयाँभन्दा कममा १ लिटर पेट्रोल पाइन्छ।

Esewa
Crest

विश्वका यी १० देशमा पाइन्छ सस्तोमा पेट्रोल

भेनेजुएला

भेनेजुएला पेट्रोलको सबैभन्दा सस्तो विक्रेताको रूपमा विश्वमा पहिलो स्थानमा छ। यस देशमा १ लिटर पेट्रोलको मूल्य ०.०२ (२.८४ रुपैयाँ) छ।

इरान

इरान सबैभन्दा सस्तो पेट्रोलका लागि विश्वमा दोस्रो स्थानमा छ। इरानमा १ लिटर पेट्रोलको मूल्य ०.०९ (१२.७८ रुपैयाँ) छ।

सुडान

पेट्रोलको मूल्यको हिसाबले अफ्रिकी देश सुडान विश्वमा तेस्रो स्थानमा छ। सुडानमा १ लिटर पेट्रोलको मूल्य ०.१४ (१९.८८ रुपैयाँ) छ।

मलेसिया

पूर्वी एसियाली देश मलेसिया सबैभन्दा सस्तो पेट्रोलको मूल्य भएका देशहरुको सूचीमा चौथो स्थानमा छ। मलेसियामा १ लिटर पेट्रोलको मूल्य ०.२८ (३९.७६ रुपैयाँ) छ।

अंगोला

पेट्रोलको मूल्य सबैभन्दा सस्तो हुने देशहरुको सूचीमा अफ्रिकी देश अंगोला पाँचौँ स्थानमा छ। अंगोलामा १ लिटर पेट्रोलको मूल्य ०.२९ (४१.१८ रुपैयाँ) छ।

नाइजेरिया

पेट्रोलको मूल्य सबैभन्दा सस्तो हुने देशहरुको सूचीमा नाइजेरिया पनि छैटौँ स्थानमा छ। नाइजेरियामा १ लिटर पेट्रोलको मूल्य ०.३२ (४५.४४ रुपैयाँ) छ।

अल्जेरिया

अल्जेरियामा पेट्रोलको मूल्य पनि अन्य देशहरुको तुलनामा उल्लेखनीय रुपमा कम छ। अल्जेरियामा १ लिटर पेट्रोलको मूल्य ०.३३ (४६.८६ रुपैयाँ) छ।

कुवेत

खाडी देशहरुमध्ये कुवेत सबैभन्दा सस्तो पेट्रोल बेच्ने देश हो। कुवेतमा १ लिटर पेट्रोलको मूल्य ०.३४ (४८.२८ रुपैयाँ) छ।

कतार

कतारमा पेट्रोलको मूल्य अन्य देशहरुको तुलनामा धेरै कम छ। कतारमा १ लिटर पेट्रोलको मूल्य ०.३६ (५१.१२ रुपैयाँ) छ।

साउदी अरेबिया

साउदी अरेबिया सबैभन्दा सस्तो पेट्रोल भएको देशहरुको सूचीमा १० औँ स्थानमा छ। साउदी अरबमा १ लिटर पेट्रोलको मूल्य ४०.३९ (५५.३८ रुपैयाँ) पर्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS