IME Life New

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६० हजार कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३ लाख ६० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा संस्थाका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

यसैगरी लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १०० अंकले भाग जाने गरी आवेदन दिन सकिनेछ।

शेयर खरिदका लागि कात्तिक २३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। बोलप काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा बुझाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS