IME Life New

अर्थतन्त्र र बैंकिङ प्रणालीमा बढ्यो दबाब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ पछि देशको राजनीतिक अस्थिरतासँगै अर्थतन्त्र र बैंकिङ प्रणालीमा गम्भीर दबाब बढ्न थालेको छ।

आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले लगानी वातावरणमात्र नभएर वित्तीय प्रवाहसम्ममा असर पारेको छ। पाँचतारे होटल ह्यात रिजेन्सीले अनिश्चितकालका लागि सेवा बन्द गर्नु र चन्द्रागिरी केबलकार केही समयका लागि रोकिनु त्यही संकटको संकेत हो। जसले देशभित्रको आर्थिक गतिविधि झन् सुस्त बनाएको छ।

Esewa
Crest

बैंकिङ क्षेत्र अहिले ‘अपेक्षा र वास्तविकता’ बीच फसेको छ। ब्याजदर घट्दैछ भने कर्जाको माग पनि घटेको छ। यो राम्रो होइन। खासमा ब्याजदर घट्दा कर्जाको माग बढ्नुपर्ने हो। तर, अहिले माग नबढेको बैंकरहरु बताउँछन्।

लगानीकर्ताको मनोबल कमजोर हुँदा बैंकहरुमा निक्षेप वृद्धि भए पनि त्यसको उत्पादक उपयोग हुन सकेको छैन। बैंकहरुले सुरक्षित क्षेत्र रोज्न थालेका छन् भने उत्पादन र उद्योगमा जाने कर्जा विस्तार ठप्प छ। यसले बजारमा पैसाको प्रवाह घटाउँदै आर्थिक वृद्धिलाई कमजोर बनाएको छ।

शेयर बजार पनि यही मनोवैज्ञानिक संकटको सिकार भएको छ। यसले लगानीकर्ताको आत्मविश्वासमात्र नभएर बैंकिङ क्षेत्रको मनोबलसमेत हल्लाएको विश्लेषकहरु बताउँछन्। शेयर बजारको गिरावट अर्थतन्त्रको वास्तविक संकेत हो। यसले बैंकको जोखिम लिने क्षमता घट्दै गएको र बजारमा विश्वास हराउँदै गएको देखाउँछ।

सरकारले डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल विवादका बीच उद्योगहरुको लाइन काट्नेजस्ता निर्णय गर्दा लगानीकर्ताको विश्वास झनै कमजोर भएको छ। सरकारले व्यावसायिक वातावरण पुनःस्थापनाको पहल नगरेपछि बैंकहरु पनि सावधानीपूर्वक ‘पर्ख र हेर’को स्थितिमा पुगेका छन्। न नयाँ लगानी बढेको छ न त पुराना कर्जा असुलीमा सुधार आएको छ।

राजनीतिक अस्थिरता र नीति अनिश्चितताका कारण बैंकिङ प्रणाली ‘तरल’ बनेको छ। बैंकहरुमा निक्षेप प्रशस्त भए पनि ऋण प्रवाह कमजोर छ। जसले अर्थतन्त्रको रक्तसञ्चारलाई नै सुस्त बनाएको छ। विदेशी लगानी घट्नु, आन्तरिक उपभोग घट्नु र उद्योगहरुको सञ्चालन खर्च बढ्नुले बैंकिङ जोखिम झनै बढाएको छ।

आर्थिक विज्ञहरुको भनाइमा अहिले सरकारको पहिलो प्राथमिकता ‘विश्वास र स्थायित्व’ पुनःस्थापना हुनुपर्छ। बजार र बैंक दुवैमा स्थायित्व फर्किएन भने लगानी घट्दै जाने, रोजगारी घट्ने र नागरिकको उपभोग क्षमता कमजोर हुँदै जाने क्रम बढ्ने चेतावनी उनीहरु दिन्छन्।

समग्रमा जेनजी आन्दोलनपछिको वातावरणले बैंकिङ प्रणालीको आत्मविश्वास हल्लाएको छ। बजारमा पैसाको प्रवाह सुस्त, लगानीकर्ताको मनोबल कमजोर र सरकारको नीतिगत दिशाहीनताले अर्थतन्त्रलाई सुस्त बनाएको छ। अब सरकारले ढिलो नगरी स्थायित्व, सुरक्षा र लगानीमैत्री नीति ल्याउन सकेमात्र बैंकिङ क्षेत्र पुनर्जीवित भई अर्थतन्त्रमा स्फुर्ति फर्किने विज्ञहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS