IME Life New

लाभांश प्रयोजनार्थ आरएसडीसी लघुवित्तले तय गर्यो बुक क्लोजको मिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ को लाभांश वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको लाभांश वितरण गर्न यही कात्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक २४ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

Esewa
Crest

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार संस्थाले शेयरधनीहरुलाई ८ करोड २७ लाख २५ हजार १५३.३६ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

लाभांश अनुमोदनका लागि संस्थाले आउँदो मंसिर १२ गते १२ औँ साधारणसभा गर्ने निर्णय पनि गरेको छ। सभा बुटवलमा हुने संस्थाले जानकारी गराएको छ

वार्षिक साधारणसभाको पूर्ण जानकारी भने संस्थाले पत्रिकामा प्रकाशन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS