IME Life New

साढे २१ लाख बढी कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्दै सिटी होटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी होटलले साढे २१ लाख बढी कित्ता अवितरित हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

होटलले यही कात्तिक २३ गतेबाट २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गर्न लागेको हो। जसमा संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता, सर्वसाधारण समूहको लइकनमा नरहेको १ लाख ५४ हजार ४१९ र कर्मचारीको ६ हजार कित्ता शेयर रहेको छ।

Esewa
Crest

होटलले हालै आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.८० अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला खरिद हुन बाँकी रहेको शेयर होटलले बिक्री गर्न लागेको हो।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा नियामकले तोकेको सीमाभित्र रहेर आवेदन दिनुपर्नेछ। बोलपत्र यही कात्तिक ३० गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु विराटनगर, हेटौँडा, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS