काठमाडौं । यो साता नेप्से परिसूचक ९६ दशमलव ५३ अंकले बढेको छ । गत साता २५०३.८५ विन्दुमा बन्द भएको बजार यो साता २६००.३८ विन्दुमा बन्द भएको छ ।
यो साता राधी विद्युत्को शेयर मूल्य २०.०३ प्रतिशतले वृद्धि भएको छ । गत साता ६३९ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ७६७ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १२८ ले बढेको छ ।
त्यस्तै दोश्रोमा खानीखोला हाइड्रोपावरको शेयर मूल्य १९.०६ प्रतिशतले वृद्धि भएको छ । गत साता २२९.३० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता २७३ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ४३.७०ले बढेको छ ।
तेश्रोमा बुटवल पावरको शेयर मूल्य १७.५० प्रतिशतले वृद्धि भएको छ । गत साता ६६३ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ७७९ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ११६ले बढेको छ ।
चौथोमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य १६.६० प्रतिशतले वृद्धि भएको छ । गत साता ७५९ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ८८५ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १२६ले बढेको छ ।


















