IME Life New

धितोपत्र बोर्डका कर्मचारीले मागे अध्यक्षको राजीनामा, मार्गप्रशस्त नगरेसम्म कार्यकक्षमा प्रवेश गर्न निषेध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेवासुविधा कटौतीका विषयमा आन्दोलनरत नेपाल धितोपत्र बोर्डका कर्मचारीले अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजीनामा माग गरेका छन्।

धितोपत्र बोर्डका स्वतन्त्र कर्मचारी संगठन र कर्मचारी युनियन संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। दुवै संगठनले राजीनामा नदिएपछि अध्यक्ष श्रेष्ठलाई कार्यकक्षमा प्रवेश गर्न नदिने निर्णय पनि गरेका छन्।

Esewa
Crest

गत असोज २ गते अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डलाई लेखिएको पत्रपछि कर्मचारीहरु आन्दोलनरत छन्। ‘संघर्ष टुंग्याउँदै काममा फर्किन कर्मचारी र क्रियाशील युनियन तथा संगठन पूर्ण रुपमा लचक भएता पनि बोर्ड अध्यक्ष र सञ्चालक बोर्डबाट समस्या समाधान केन्द्रीत ठोस प्रयास भएको देखिँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अध्यक्षमार्फत सञ्चालक बोर्डबाट कुनै निकास आउने नदेखिएको हुँदा कर्मचारीको हित र सञ्चालक बोर्डको विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसक्ने बोर्ड अध्यक्ष नैतिकताका आधारमा १ मिनेटका लागि सो पदमा बस्न योग्य छैनन् भन्ने हाम्रो ठम्याइ छ। यसर्थ, बोर्ड अध्यक्षले आफ्नो पदबाट राजीनामा दिई मार्ग प्रसस्त गर्नुपर्दछ। सो नगर्दासम्म बोर्ड अध्यक्षलाई बोर्डको कार्यकक्षमा समेत प्रवेश गर्न दिइने छैन।’

अर्थ मन्त्रालयबाट समेत धितोपत्र बोर्डमा सिर्जित विषम परिस्थितिलाई संवोधन गर्ने यथोचित प्रयास नभएको र पुँजीबजारको नियामक बन्द गरेर पुँजी बजारको विकास र विस्तारको सरकार लक्ष्य प्राप्त हुन नसक्ने लगानीकर्तालाई जानकारी गराउँदै धितोपत्र बोर्डको सञ्चालक बोर्डले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिवस्तरीय निर्णय अविलम्ब फिर्ता लिई बोर्डको स्वयात्तता अक्षुण्ण राख्न कर्मचारीहरुले माग गरेका छन्।

Press release 2082_07_14

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS