काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ३१ लाख बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा आज पिपुल्स पावरको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको हो। जसअनुसार कम्पनीको ३१ लाख ६३ हजार कित्ता शेयर नेप्सेमा थपिएको छ।
अब यो शेयर आइतबारबाट कारोबार गर्न मिल्नेछ।

















