IME Life New

समयमै विवरण पेस नगर्ने सहकारी संस्था खारेजी गरिने काठमाडौं महानगरको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले समयमै वार्षिक वित्तीय विवरण पेस नगर्ने सहकारी संस्था खारेजी गरिने चेतावनी दिएको छ।

महानगरले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६(३) बमोजिम विगत २ आर्थिक वर्षदेखि वार्षिक साधारणसभा गरी वार्षिक विभागमा विवरण पेस नगर्ने सहकारी संस्थाहरुलाई निष्क्रिय तथा सहकारीको मूल्य, मान्यता र सिद्धान्तविपरीत कार्य गरेको मानी निष्क्रिय सहकारी संस्थाको विवरण सार्वजनिक गर्नुका साथै विभागले संस्था खारेजीको प्रक्रिया समेतको कानूनी कारबाही गरिनेछ’, सूचनामा भनिएको छ।

Esewa
Crest

काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ (२) र १०४ बमोजिम सहकारी संस्थाहरुले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारणसभा सम्पन्न गरी सभा सम्पन्न भएको मितिले १५ दिनभित्र महानगरपालिकामा वार्षिक प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ। हालसम्म पनि केही सहकारी संस्थाहरुले वार्षिक साधारण सभा सम्पन्न गरी आर्थिक वर्ष २०८१।८२ सम्मको लेखापरीक्षण प्रतिवेदन, साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन पेस गरेको नदेखिएकोले ती सहकारी संस्थाहरुले अविलम्ब वार्षिक साधारणसभा सम्पन्न गरी साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेनहरु सहकारी विभागमा पेस गर्न महानगरले निर्देशन दिएको छ।

त्यस्तै काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ बमोजिम तोकिएको कार्यविधि तथा सूचकबमोजिम महानगरपालिकाको नियामकीय अधिकार क्षेत्रभित्र रहेका सहकारी संस्थाको अनुगमनका लागि महानगरपालिकाबाट खटिई आउने अनुगमन तथा निरीक्षण टोलीलाई आवश्यक सहयोग पनि पनि महानगरले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS