IME Life New

नेपाल शेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल शेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभा राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। साधारण सभाले आगामी दुई वर्षको कार्यकालका लागि हरिबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसले लगानीकर्ताहरूको अधिकार सुनिश्चित गर्दै पूँजी बजारलाई थप मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

साधारण सभाको औपचारिक सुरुवात नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले पानसमा बत्ती बालेर गरेका थिए । स्वागत मन्तव्य निवर्तमान अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठले उपस्थित सम्पूर्ण पदाधिकारी, सदस्य तथा आमन्त्रित पाहुनाहरूलाई स्वागत गर्दै संघको उद्देश्य र यसको भावी आवश्यकतामाथि प्रकाश पारेका थिए ।

Esewa
Crest

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चापागाईंले नियामक निकाय र लगानीकर्ता संघबीचको सम्बन्धलाई छोरा बाबुको जिम्मेवारी सँग तुलना गर्दै बजारको विकासमा लगानीकर्ताको भूमिकाबारे गहन विचार प्रस्तुत गरेका थिए ।

पाटन उच्च अदालतका पूर्व न्यायाधीश सलाउद्दिन अख्तर सिद्दिकी, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, जनरल इन्भेस्टर्स एसोसिएसनका अध्यक्ष ऋतु जंग जीसी, र धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे लगायत विभिन्न सहधर्मी संगठनका प्रतिनिधिहरूले बजारका चुनौती र लगानीकर्ता संघको जिम्मेवारीमाथि जोड दिँदै शुभकामना व्यक्त गरेका थिए।

महासचिव खगेन्द्र राज कँडेल (रविन) ले अघिल्लो वर्षको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मछिन्द्र बस्नेत ले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । जसलाई सभाले अनुमोदन गरेको थियो।

निवर्तमान अध्यक्ष डा.केशव प्रसाद श्रेष्ठले संघ स्थापनाको उद्देश्य, तदर्थ समितिको अनुभव र भावी कार्यदिशाबारे आफ्नो धारणा प्रस्तुत गरे ।

नवनिर्वाचित १३ सदस्यीय कार्यसमिति र शपथ ग्रहन पनि गरेको थियो। साधारण सभाले आगामी दुई वर्षको कार्यकालका लागि निम्न पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित गरेको छ

अध्यक्ष हरिबहादुर केसी
वरिष्ठ उपाध्यक्ष किशोर पौडेल
उपाध्यक्ष ई.भगवान बहादुर राउत
महासचिव खगेन्द्र राज कँडेल (रविन)्र
सचिव भुवन ढकाल
कोषाध्यक्ष मछिन्द्र बस्नेत
सदस्यहरू विवेक श्रेष्ठ, मिना भट्ट, ऋषिराज भेटवाल, कीचस् चित्रकार, विष्णु बहादुर सिलवाल, अशोक शाह कानु, र राजु प्रसाद पौडेल ्र
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन अधिकृतले पद तथा गोपनीयताको शपथ गराएका थिए साथै प्रमाणपत्र वितरण गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष हरिबहादुर केसीले सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै लगानीकर्ताको हकहित र बजारको स्वस्थ विकासलाई आफ्नो कार्यकालको प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS