IME Life New

कुनै बेला रेस्टुराँमा भाँडा माझ्थे यी सीईओ, अहिले विश्वकै पहिलो ५ ट्रिलियन डलरको कम्पनीका मालिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिप निर्माता एनभिडियाले इतिहास रचेको छ। गत बुधबार यो ५ ट्रिलियन डलरको बजारमूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ।

कम्पनीले एआई क्षेत्रमा भएको उछालबाट लाभ उठाएको छ र नयाँ कोसेढुंगामा पुगेको छ। एआईको दौडमा द्रुत गतिमा अगाडि बढिरहेको एनभिडिया शेयरहरु लगभग ५ प्रतिशतको बलियो लाभका साथ कारोबार गरिरहेका थिए।

Esewa
Crest

एनभिडियाका सीईओ जेन्सेन हुआङ हुन्। जो विश्वका शीर्ष १० अर्बपतिहरुमध्ये एक हुन्। यद्यपि, उनको धनी हुने कथा धेरै रोचक छ।

इतिहास बनाउने एनभिडियाको अद्वितीय विशेषता यो हो कि यसले ४ ट्रिलियन बजार पुँजीकरण पार गरेको ३ महिनापछि मात्र पहिलो ५ ट्रिलियन कम्पनी बन्ने यो उपलब्धि हासिल गर्यो। एनभिडियाको मूल्यले अब सम्पूर्ण क्रिप्टोकरेन्सी बजारको मूल्यलाई पार गरेको छ।

रिपोर्टहरुका अनुसार सन् २०२२ मा च्याटजीटीपी सुरु भएदेखि एनभिडियाको शेयर १२ गुणाले बढेको छ।

गत मंगलबार सान्ता क्लारामा रहेको चिप कम्पनीका सीईओ जेन्सेन हुआङले ५०० अर्ब डलरको एआई चिप अर्डर अनावरण गरे र अमेरिकी सरकारका लागि ७ सुपर कम्प्युटरहरु निर्माण गर्ने योजना घोषणा गरे। रिपोर्टहरुका अनुसार एनभिडिया ब्ल्याकवेल चिप यस हप्ताको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बैठकमा छलफल हुन सक्छ।

सीईओ हुआङ कुनै बेला थिए वेटर 

एनभिडियाका सीईओ जेन्सेन हुआङ ६२ वर्षका छन् र कुनै परिचयको आवश्यकता पर्दैन। यद्यपि, उनको यात्रा कडा परिश्रम र संघर्षको प्रमाण हो। जसले उनको कम्पनीलाई ठूलो उचाइमा पु¥याएको छ। यो तथ्यबाट अनुमान गर्न सकिन्छ कि हुआङले आफ्नो सुरुआती दिनहरुमा वेटरका रुपमा काम गर्थे र रेस्टुरेन्टमा भाँडा माझ्थे। ५ ट्रिलियन डलरको कम्पनीका सीईओको लिंक्डइन प्रोफाइलले ताइवानी मूलका हुआङले सन् १९८० को दशकमा ओरेगनको डेनीमा डिशवाशर, वेटर र बसब्वाईका रुपमा पनि काम गर्थे।

आज विश्वको ९ औँ धनीव्यक्ति

जेन्सेन हुआङले आफ्नो सुरुआती दिनहरुमा चुनौतीहरुको सामना गरेका थिए। अहिले विश्वका शीर्ष १० अर्बपतिहरुको सूचीमा ९ औँ स्थानमा छन्।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार जेन्सेन हुआङको कुल सम्पत्ति १७४ अर्ब डलर छ। एनभिडियाको शेयरमा भएको वृद्धिका कारण विगत २४ घन्टामा उनको सम्पत्ति ८.१६ अर्ब डलरले बढेको छ। हुआङले सन् १९९३ मा एनभिडिया स्थापना गरेका थिए र त्यसबेलादेखि नै यसको नेतृत्व गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS