IME Life New

बंगलादेशः स्वीकृत नभएका बीमा योजना जारी गरेमा निर्जीवन बीमकमाथि कडा कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको बीमा विकास तथा नियामक प्राधिकरण (आईडीआरए)ले निर्जीवन बीमा कम्पनीहरुले स्वीकृत नभएका बीमा योजनाहरु सञ्चालन वा बजारमा जारी गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।

आईडीआरएले यो चेतावनी निर्जीवन बीमकका नाममा परिपत्र जारी गर्दै दिएको हो। ‘बीमा योजनाहरुको व्यवस्थापनमा पालना गर्नुपर्ने दिशानिर्देशहरु’ शीर्षकको यो परिपत्र जारी गरिएको छ।

Esewa
Crest

परिपत्रमा सन् २०१० भन्दा पहिले बीमा व्यवसायमा बीमा योजनाका रुपमा निर्जीवन बीमा कम्पनीहरुले सञ्चालित सबै बीमा योजनालाई पूर्वव्यापी रुपमा स्वीकृत मानिने उल्लेख छ। ‘यद्यपि, सन् २०१० पछि बीमा कम्पनीहरुले बिना स्वीकृति सञ्चालित सबै बीमा योजनालाई स्वीकृति आवश्यक पर्दछ र स्वीकृत हुनुपर्छ’, परिपत्रमा भनिएको छ, ‘यो निर्देशनको पालना गर्नुपर्छ।’

बीमा योजनाको पाइलट चरणमा आईडीआरएले सन् २०२३ अगस्ट २७ को परिपत्रमार्फत जारी गरेको निर्देशन पालना गर्नुपर्नेछ। यदि कुनै बीमकले उक्त निर्देशनहरुको पालना गर्न असफल भएमा बीमा ऐन, २०१० को धारा १३० बमोजिम सम्बन्धित कम्पनीविरुद्ध अनुशासनात्मक कारबाही गरिने आईडीआरएले चेतावनी दिएको छ। ‘यदि कुनै व्यक्ति यस उल्लंघनका लागि जिम्मेवार पाइएमा बीमा ऐन, २०१० को धारा १३४ बमोजिम निज विरुद्ध अनुशासनात्मक कारबाही गरिनेछ’, परिपत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS