काठमाडौं । भारतीय वायू सेवा कम्पनी, एयर इन्डियाले व्यवसायीक घाटा पूर्ती गर्न र पूर्वाधार थप्न कम्तीमा १ खर्ब रूपैयाँ थप लगानी खोजि रहेको समाचार ब्लूमबर्ग न्यूजले प्रकाशन गरेको छ।
ब्लूमबर्ग न्यूजले बिहीबार यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै लेखेको समाचारमा एयरलाइन्सका लगानीकर्ताहरू सिंगापुर एयरलाइन्स र टाटा सन्सबाट कम्तीमा १ अर्ब १४ करोड अमेरिकी डलर आर्थिक सहयोग खोजिरहेको उल्लेख छ।
गत जुन महिनामा गुजरात राज्यको अहमदाबाद स्थित विमानस्थलमा २४० भन्दा बढी यात्रुहरूको मृत्यु भएको एयर इन्डिया दुर्घटनापछि यो विकासक्रम देखिएको हो। यो दुर्घटनाबाट एयर इण्डियालाई सबैभन्दा खराब संकटमा फसाएको थियो । यसको प्रतिष्ठा पुनर्स्थापित गर्न र यसको हवाई जहाजलाई आधुनिकीकरण गर्ने प्रयासलाई जटिल बनाएको थियो।
टाटा समूहको स्वामित्वमा रहेको वाहकले एयर इन्डियाको प्रणाली र सेवाहरूको पुनःसंरचना गर्न र आफ्नै इन्जिनियरिङ र मर्मतसम्भार विभागहरू विकास गर्न थप लगानीको अनुरोध गरिरहेको छ, रिपोर्टमा भनिएको छ।
दुबै लगानीकर्ताबाट हुने कुनै पनि वित्तीय सहयोग स्वामित्वको समानुपातिक हुनेछ, ब्लूमबर्गले भन्यो, यो थप पूँजी लगानी ब्याजमुक्त ऋण मात्र हुने छ वा स्वपूँजीको रूपमा लगानी गरिने छ भन्ने बारे लगानीकर्ताहरूले नै निर्णय गर्नेछन् ।
२०२२ मा एयर इन्डिया किनेको टाटा समूहको एयरलाइनमा ७४.९ प्रतिशत शेयर स्वामित्व छ, बाँकी सिंगापुर एयरलाइन्सको लगानी छ।
रोयटर्सले भने थप वित्तीय श्रोत जुटाउनका लागि एयर इण्डियाले अनुरोध गरेको विषयको स्वतन्त्र पुष्टी हुन नसकेको जनाएको छ। रोयटर्सका अनुसार एयर इन्डिया, सिंगापुर एयरलाइन्स र टाटा सन्सले टिप्पणीको लागि रोयटर्सको अनुरोधको तुरुन्तै जवाफ दिएनन् ।

















