IME Life New

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको मूल्य समायोजन भएको हो।

यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Esewa
Crest

नेप्सेले गुराँस लघुवित्तको १४.२५ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात गुराँस लघुवित्तको शेयरमूल्य २ हजार २१ रुपैयाँ ८८ पैसा र मुक्तिनाथको १ हजार ४५८ रुपैयाँ ३३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। बिहीबार दोस्रो बजारमा गुराँस लघुवित्तको शेयर प्रतिकित्ता २ हजार ३१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने मुक्तिनाथको १ हजार ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS