IME Life New

इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौसँग भएको सम्झौता अनुसार आज बिहीबार चार थान टेलिभिजन हस्तान्तरण गरेको हो ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङलाई इप्पान उपाध्यक्ष भरत खत्री र महासचिव बलराम खतिवडाले हस्तान्तरण गरे ।

Esewa
Crest

टेलिभिजन ग्रहण गर्दै सह–सचिव तामाङले टेलिभिजनहरु सहायता गरेकोमा इप्पानलाई धन्यवाद दिए । महासचिव खतिवडाले ऊर्जा मन्त्रालयले निजी क्षेत्रका लगानीकर्ताहरुको लागि सहजीकरण गर्ने थलो भएकोले आफ्नो दायित्व निर्वाह गर्ने क्रममा मन्त्रालयकै आग्रह बमोजिम सहायता गरिएको बताए ।

इप्पानद्धारा हस्तान्तरण गरिएका टेलिभिजनहरु मन्त्रालयको बैठक कक्षका साथै अन्य स्थानमा रहनेछन् । जेनजी आन्दोलनको क्रममा टेलिभिजनहरु क्षति भएपछि मन्त्रालयलाई बैठक कक्षमा प्रश्तुतीकरण लगायतमा समस्या परेको थियो ।

इप्पान उपाध्यक्ष खत्रीका अनुसार, क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणको क्रममा सहरी विकास मन्त्रालयसँग समन्वय गरी क्षतिग्रस्त गृह मन्त्रालयमा रंगरोहणको कार्य अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS