IME Life New

शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३४ दशमलव २२ अंकले बढेर २,६०० को विन्दुमा कायम भएको छ । आज २१६ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन बैंकको प्रोमोटर शेयर कारोबार भएको छ । आज यस बैंकको १ अर्ब ६६ करोड माथिको संस्थापक शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३७ करोड ६० लाखको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १० लाखको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले पनि ९ प्रतिशतकै दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल स्टेबल फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS