IME Life New

गुगलले बनायो रेकर्ड, पहिलोपटक आम्दानी १०० अर्ब डलर माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुगल र यसको मूल कम्पनी अल्फाबेटले सन् २०२५ सेप्टेम्बरको त्रैमासमा १०२.३५ अर्ब डलर आम्दानी गरेको छ। यो पहिलोपटक हो। जब कम्पनीले एउटै त्रैमासमा १०० अर्ब डलरको अंक पार गरेको छ।

सीईओ सुन्दर पिचाईले आफ्नो एक्स ह्यान्डलमा यसलाई ‘माइलस्टोन त्रैमासिक’ का रुपमा वर्णन गरेका छन्। पिचाईले लेखेका छन्, ‘प्रत्येक प्रमुख व्यापार खण्डमा दोहोरो अंकको वृद्धिका साथ हामीले हाम्रो पहिलो १०० अर्ब डलरको त्रैमासिक डेलिभर गर्यौं।’

Esewa
Crest

पाँच वर्षपहिले कम्पनीको त्रैमासिक आम्दानी ५० अर्ब डलर थियो। यी तथ्यांकहरुले देखाउँछन् कि सर्च, युट्युब र क्लाउडजस्ता गुगलका मुख्य उत्पादनले एआईमा बढ्दो ध्यान केन्द्रित गर्दै कति छिटो मापन गरेका छन्।

पिचाईका अनुसार अहिलेसम्म १ करोड ३० लाखभन्दा बढी विकासकर्ताले गुगलको जेनेरेटिभ एआई मोडेलसँग काम गरिसकेका छन्। ‘कम्पनीले यस वर्षको अन्त्यमा जेमिनी ३ लन्च गर्ने तयारी गरिरहेको छ’, उनले लेखेका छन्।

सर्चका बारेमा बोल्दै पिचाईले गुगलले रेकर्ड समयमा एआई ओभरभ्यू र एआई मोड रोल आउट गरेको बताए। जुन अब ४० भाषामा उपलब्ध छ र दैनिक ७ करोड ५० लाख प्रयोगकर्तालाई आकर्षित गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS