IME Life New

आजसम्म शेयर किन्नेले ग्लोबल आइएमई बैंकको प्रस्तावित लाभांश पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र सभा प्रयोजनका लागि कात्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको कात्तिक १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।

Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले सहायक कम्पनीहरु ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्युरिटिजसमेतको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गर्नेछ।

सोही सभाले बैंकको नियमावली र प्रबन्धपत्रमा व्यावसायिक उद्देश्य थप र संशोधन गर्ने र सोमा नियमनकारी निकायबाट प्राप्त सुझाव वा संशोधन गर्न निर्देशनमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS