IME Life New

महासंघ प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच भेट, अर्थतन्त्रमा सुधार ल्याउन ‘बुस्टर जोड’को माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघ र अर्थमन्त्री रामेश्वर खनालबीच भेटघाट भएको छ। महासंघका अध्यक्ष भागिरथ सापकोटाको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले अर्थमन्त्री खनाललाई भेटी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा उद्योगी–व्यवसायीमाथि भएको हमलाको विषयमा ध्यानाकर्षण गराएका थिए।

‘भदौ २३ गते जेनजीले आन्दोलन गरे पनि २४ गते जेन्नीको नाममा व्यवसायी संरचना तोडफोड तथा जनाउने काम भयो, त्यो एकदमै गलत र निन्दनीय छ’, अर्थमन्त्रीसँगको भेटमा सापाकोटाले भने, ‘यदि सरकारले त्यस्ता आपराधिक गतिविधिमा लाग्नेमाथि कारबाही नगर्ने हो भने देशमा व्यावसायिक वातावरण बन्ने छैन।’

Esewa
Crest

यसैगरी जेनजी आन्दोलनलाई एउटै बास्केटमा राखेर हेर्ने हो भने त्यसले आगामी दिनमा थप अराजकता फैल्याउने काम गर्ने सापकोटाको भनाइ थियो। ‘यदि जेनजीले जुन मुद्दा उठाएर आन्दोलन गरेका छन् र उनीहरुले २३ गते जसरी आन्दोलन गरेका थिए त्यसमा हामीले विरोध गरेका छैनौँ’, उनले भने, ‘तर, २४ गते जसरी व्यवसायी प्रतिष्ठान तथा उद्योगी व्यवसायी, सर्वसाधारण र राज्यको सम्पत्ति जलाइयो, त्यस्तालाई सरकारले तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ।’

जेनजी आन्दोलनका नाममा भएको आपराधिक गतिविधिले अहिले व्यवयासीको मनोबल खस्किएको भन्दै त्यसलाई उकास्न सरकारले अविभावकीय भुमिका निर्वाह गर्नुपर्ने महासंघको आग्रह थियो।

यसका साथै अहिलेको अर्थतन्त्र उकास्न सामान्य पहल नभई राज्यका तर्फबाट बुस्टर डोज चाहिले महासंघको भनाइ थियो। यसैगरी अहिले देखिएको डेडिकेटेड तथा ट्रंक लाइन विवादलाई निचोडमा पुर्याउन सरकारले पहल गर्नुपर्ने महासंघको माग थियो।

भेटमा अर्थमन्त्री खनालले जेनजी आन्दोलनले निम्त्याएको घटनालाई दुई भागमै राखेर अनुसन्धान तथा छानबिन गरिने बताए। आन्दोलनको नाममा व्यावसायिक संरचनामा तोडफोड तथा आगजानी गर्नु गलत भएको भन्दै उनले दोषीमाथि कारबाही गरिने बताए।

यसका साथै अहिले बनेको सरकारले देशमा व्यावसायिक वातावरण बनाउन पहल गरिरहेकोसमेत खनालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS