IME Life New

दक्षिण कोरियामा जीवन बीमा पोलिसीधारकलाई मृत्यु लाभ ‘अवकाश आय’का रुपमा प्रयोग गर्न अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाको वित्तीय सेवा आयोग (एफएससी)ले अक्टोबर ३० देखि लागू हुने गरी जीवन बीमा पोलिसीधारकलाई आफ्नो मृत्यु लाभको एक भाग अवकाश आयका रुपमा प्रयोग गर्न अनुमति दिएको छ।

यो सुविधा प्रदान गर्न ५ जीवन बीमा कम्पनी (सामसङ, हान्ह्वा, केयोबो, सिन्हान लाइफ र केबी लाइफ) ले अक्टोबर २३ मा योग्य ग्राहकलाई सम्पर्क गर्न सुरु गर्नेछन्। यसका लागि सेप्टेम्बर २०२५ को अन्त्यसम्ममा लगभग ४ लाख १४ हजार जीवन बीमा सम्झौता (जसको मूल्य १६ अर्ब डलर) योग्य हुनेछन्।

Esewa
Crest

सन् २०२६ जनवरी २ सम्ममा अन्य सबै जीवन बीमा कम्पनीले पनि यो सेवा प्रदान गर्न सुरु गर्नेछन्। जसले गर्दा योग्य सम्झौताहरुको कुल संख्या ७ लाख ५९ हजार र लाभ २५ अर्ब डलर पुग्नेछ।

यो विकल्प ५५ वर्ष र सोभन्दा माथिका पोलिसीधारकलाई मात्र उपलब्ध हुनेछ। यो सुविधा पाउन ग्राहक सेवा केन्द्र वा शाखा कार्यालयमा व्यक्तिगत रुपमा आवेदन दिनुपर्छ।

बीमा कम्पनीहरुले सिमुलेसनहरु देखाउनेछन्। जसमा ग्राहकले आफूले रोजेको रुपान्तरण अनुपात र अवधिका आधारमा प्राप्त गर्ने लाभहरुमात्रा हेर्न सक्छन्।

बीमाधारकहरुले कुनै पनि समयमा कार्यक्रमलाई निलम्बन गर्न, फिर्ता लिन वा पुनः सामेल हुन सक्छन्। एफएससीले यो पहलको उद्देश्य सेवानिवृत्तलाई वृद्धावस्थामा उनीहरुको वित्तीय आवश्यकताहरु राम्रोसँग व्यवस्थापन गर्न मद्दत गर्ने जनाएको छ।

नियामकले ‘सेवा प्रकार रुपान्तरण’ उत्पादनको परीक्षण गर्ने योजना पनि बनाएको छ। जसले मृत्यु लाभहरुलाई वरिष्ठ हेरचाह सेवामा रुपान्तरण गर्नेछ। सन् २०२६ को सुरुआतमै टोन्टाइन पेन्सन योजना लागू गरिने एफएससीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS