काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको हालसम्म कम्पनीहरुबाट १२ प्रतिशतमात्रै भुक्तानी भएको देखिएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको कात्तिक ९ गतेसम्मको तथ्यांकअनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले कुल ३ हजार १८७ वटा बीमा दाबीको २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। कुल दाबी रकममध्ये हालसम्म कम्पनीहरुले अग्रिम भुक्तानीसमेत गरी २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरेका छन्। यस हिसाबले कुल दाबी रकमको कम्पनीहरुले १२.०४ प्रतिशतमात्रै भुक्तानी गरेको देखिएको छ।
हालसम्म सर्वाधिक रकमको दाबी र भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको देखिएको छ। यो कम्पनीले ३९७ वटा दाबीको ५ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले १ अर्ब २८ करोड ३ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।
यसैगरी दोस्रो धेरै ओरिएन्टल इन्स्योरेन्सले ९९ वटा दाबीको ५ अर्ब २४ करोड ४० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले १ करोड ६६ लाख रुपैयाँमात्रै भुक्तानी गरेको छ।
हालसम्म आइजीआई प्रिडेन्सियल इन्स्योरेन्सले २१५ वटा दाबीको २ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४३५ वटा दाबीको २ अर्ब ४१ करोड २९ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३४२ वटा दाबीको १ अर्ब ५८ करोड ३० लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २६४ वटा दाबीको १ अर्ब १४ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेे देखिएको छ।
कात्तिक ९ गतेसम्म आइजीआई प्रिडेन्सियलले ३१ करोड ४१ लाख रुपैयाँ, शिखरले ५८ करोड ३२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले ७ करोड २४ लाख रुपैयाँ र नेकोले ९ करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गरेको देखिएको छ।
कम्पनीहरुमा परेको दाबी र भुक्तानी विवरण


















