IME Life New

आन्दोलन बिहीबारबाट स्थगित गर्ने तयारीमा नेप्सेका कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफूले पाउने बोनसका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनरत नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारी अब ब्याक हुने भएका छन्। उनीहरुले भोलि बिहीबारबाट आन्दोलन स्थगित गर्ने तयारी गरेका हुन्।

नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले कर्मचारीले पाउने बोनसका विषयसँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको हाललाई आन्दोलन स्थगित गर्ने तयारी भइरहेको बताए। ‘आज हामी छलफलमा जुट्छौँ, सम्भवतः भोलिबाट आन्दोलन स्थगित गर्छौं’, उनले भने, ‘अदालत बोनसका विषयमा व्याख्या गर्ला। अदालतको निर्णय मान्न तयार छौँ।’

Esewa
Crest

विगत केही वर्षदेखि आफूहरुले ५ प्रतिशत बोनस पाउनुपर्ने माग उठाउँदै आएका छन्। तर, अर्थ मन्त्रालयले भने १ प्रतिशतमात्र बोनस कर्मचारीलाई वितरण गर्न पत्र पठाउँदै आएको थियो।

बोनसको विषय असन्तुष्ट भएपछि विगत ३७ दिनदेखि नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। यो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS