IME Life New

श्रीनगर एग्रीटेकको आइपीओ बाँडफाँट, यस्ता छन् नतिजा हेर्ने तरिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको आइपीओ आज बुधबार बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा श्रीनगर एग्रीटेकको आइपीओ बाँडफाँट गरिएको हो। आइपीओ बाँडफाँट कार्यक्रम बिहान साढे १० बजे राखिएको थियो।

Esewa
Crest

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता आइपीओ निष्कासन गरेको थियो। यो आइपीओमा १८ लाख ९८ हजार ३३३ आवेदकबाट कुल २ करोड ५ लाख ६८ हजार २१० कित्ता माग भएको छ।

कुल मागमध्ये १८ लाख ६९ हजार ३३० आवेदकबाट माग भएको कुल २ करोड २ लाख ५० हजार ५१० कित्ता सदर भएको छ भने २६ हजार ६३६ आवेदकबाट माग भएको ३ लाख १७ हजार ७०० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्राथबाट बाँडफाँट गरिएको थियो। जसमा सदर आवेदकमध्ये २ लाख ५१ हजार ४९ जनाले १० कित्ता दरले शेयर पाएका छन् भने तिनै माग्यमानीमध्ये थप ३ जनाले १–१ कित्ताका दर शेयर पाएका छन्। सदर आवेदकमध्ये १६ लाख १८ हजार २८१ आवेदकबाट हात खाली भएको छ।

यो आइपीओको नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयर र सीडीएससीको iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS