IME Life New

सोल्टी होटलको आकर्षक लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटलले आर्थिक वर्ष २०८१।८२ का लागि आकर्षक लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १५ प्रतिशत बोनस शेयर र १६.५८ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

Esewa
Crest

लाभांश पारित गर्न सोल्टी होटलले आफ्नो ५१ औँ वार्षिक साधारणसभा आउँदो मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको त्रिभुवन आर्मी अफिर्स क्लबमा बिहान १० बजेदेखि हुनेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गतेदेखि मंसिर २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब २ करोड १८ लाख ६२ हजार ६९० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS