IME Life New

शेयर बजारबाट सरकारले पाउने राजस्वमा भारी गिरावट, लगानीकर्ताले कति तिरे पुँजीगत लाभकर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारले गति लिन नसक्दा सरकारले पाउने राजस्वमा पनि भारी गिरावट आएको छ।

शेयर बजारप्रति लगानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन। सरकारले नीतिगत व्यवस्था लचिलो बनाए पनि लगानीकर्ता विश्वस्त बन्न सकेका छैनन्।

Esewa
Crest

यही कारणले सरकारले शेयर बजार पाउने राजस्व निकै घटेको छ। सीडीएससीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म सरकारले शेयर बजारबाट पुँजीगत लाभकरबापत ३ अर्ब ७२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले शेयर बजारबाट ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पुँजगत लाभकर संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सरकारले पाउने पुँजीगत लाभकर ५९.४३ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको असोज महिनामा मात्रै शेयर लगानीकर्ताले कुल २४ करोड ३६ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्। गत वर्षको असोजमा लगानीकर्ताले ५८ लाख ६५ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए। अघिल्लो वर्षको असोजको तुलनामा समीक्षा वर्षमा पुँजीगत लाभकर ५८.४७ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको असोजमा दीर्घकालीन व्यक्तिगत लगानीकर्ताले १० करोड ७० लाख रुपैयाँ र अल्पकालीन व्यक्तिगत लगानीकर्ताले ९ करोड ४० लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्। शेयर बजारमा दीर्घकालीन लगानीकर्ताले नाफाको ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था रहेको छ।

यसैगरी असोजमा संस्थागत लगानीकर्ताले ४ करोड २४ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्। संस्थागत लगानीकर्ताले भने नाफाको १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS