IME Life New

भारतमै अब यात्री विमान निर्माण, रुसी कम्पनीसँग सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) र रुसी सार्वजनिक संयुक्त स्टक कम्पनी युनाइटेड एयरक्राफ्ट कर्पोरेसनले एसजे–१०० यात्रुवाहक विमान निर्माणका लागि एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

रुसको राजधानी मस्कोमा सोमबार सम्झौतामा हस्ताक्षर भएको होे। एचएएलले यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ।

Esewa
Crest

विज्ञप्तिमा भनिएको छ, ‘एसजे–१०० दुई इन्जिन भएको सानो आकारको विमान हो। अहिलेसम्म २०० भन्दा बढी विमान निर्माण भइसकेका छन् र तिनीहरु १६ भन्दा बढी एयरलाइन्सद्वारा सञ्चालित छन्।’

‘एसजे–१०० भारतमा उडान योजनाअन्तर्गत छोटो दूरीको उडानका लागि खेल परिवर्तक हुनेछ। यस सम्झौताअन्तर्गत एचएएललाई घरेलु यात्रुका लागि एसजे–१०० विमान निर्माण गर्ने अधिकार हुनेछ’, विज्ञप्तिमा भनिएको छ।

एचएएलका अनुसार यो भारतमा पहिलोपटक हुनेछ जब यात्रुवाहक विमान पूर्ण रुपमा देशमा निर्माण गरिनेछ। यसअघि एचएएलले सन् १९६१ मा एभ्रो एचएस–७४८ विमानको निर्माण सुरु गरेको थियो। यसको उत्पादन सन् १९८८ मा बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS