काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६२ दशमलव २९ अंकले बढेर २,५७१ को विन्दुमा कायम भएको छ । आज २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीमो मात्रै घटेको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुटवल पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।


















