IME Life New

सर्त बुझेरमात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको सुझाव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्त बुझेरमात्र क्रेडिट कार्ड प्रयोग गर्न सुझाव दिएको छ।

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। क्रेडिट कार्ड राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानी उपकरण हो। यसको प्रयोग गरी वस्तु तथा सेवाबापतको रकम भुक्तानी गर्न र तोकिएको सीमासम्म नगद निकाल्नसमेत सकिन्छ।

Crest

सही रुपमा प्रयोग गर्न सकेमा यो सुविधाजनक र सुरक्षित भुक्तानीको उपकरण रहेको राष्ट्र बैंकले जनाएको छ। ‘तर, लापरबाही गर्दा यसले उच्च ब्याज र आर्थिक बोझसमेत निम्त्याउन सक्छ’, राष्ट्र बैंकले भनेको छ।

क्रेडिट कार्डको बिल तोकिएको समयभित्र तिर्दा ब्याज र अतिरिक्त शुल्क लाग्दैन। तर, तोकिएको समयभित्र नतिरेमा उच्च दरमा ब्याज र हर्जना लाग्न सक्ने केन्द्रीय बैंकले सचेत गराएको छ।

क्रेडिट कार्डको प्रयोग गर्नुअघि निम्न कुरा जारी राख्नुपर्छ

  • क्रेडिट सीमा,
  • शुल्क तथा ब्याजदर,
  • बिल तयार हुने मिति र भुक्तानी गर्नुपर्ने समयसीमा,
  • समयमा भुक्तानी नगरेमा लाग्ने अतिरिक्त शुल्क र ब्याज ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS