IME Life New

जीवन विकास लघुवित्तको डेढ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य रु. ५००

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको डेढ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँको तोकिएको छ। यसको अर्थ लगानीकर्ताले शेयर खरिदका लागि निवेदन दिँदा तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन मोरङको कटहरी–२ मा रहेको संस्थाको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS