काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबारमा शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक आइतबार ५.१९ अंकले बढेर २५०९.०४ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ३.०५ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.७२ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ९८ कम्पनीको शेयरभाउ बढ्दा १४६ कम्पनीको घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज २ अर्ब ६६ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः ३२ करोड ४९ लाख रुपैयाँ
- एसबीएल डिबेन्चर २०८९ः २३ करोड ६४ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः १८ करोड ७० लाख रुपैयाँ
- हिमालयन पावर पार्टनरः १० करोड ४८ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः ९ करोड ३५ लाख रुपैयाँ
- शिवम सिमेन्टः ९ करोड ६ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ७ करोड ९२ लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः ६ करोड ८२ लाख रुपैयाँ
- राधी विद्युतः ५ करोड ९५ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः ५ करोड ८५ लाख रुपैयाँ

















