IME Life New

अन्तर्राष्ट्रिय व्यापार सन्तोषजनकः निर्यात करिब ९०% ले बढ्दा आयातको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ३ महिना असोजसम्म मुलुकबाट पौने ७३ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजम्मको तथ्यांकअनुसार मुलुकबाट ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको हो। यो अघिल्लो वर्ष २०८१।८२ को तुलनामा ८९.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष असोजसम्म मुलुकबाट ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो।

Esewa
Crest

यसैगरी समीक्षा अवधिसम्म अन्य मुलुकबाट नेपालमा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रुपैयाँबराबरको वस्तु आयात भएको थियो। अघिल्लो वर्ष सोही अवधिसम्म ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँबराबरको वस्तु आयात भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वस्तु आयात १९.९७ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको असोजसम्म मुलुकको व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड ५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष असोजसम्म मुलुकको व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म मुलुकको अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँबराबर पुगेको छ। अघिल्लो यही अवधिसम्म अन्तर्राष्ट्रिय व्यापार ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँबराबरको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा अन्तर्राष्ट्रिय व्यापार २६.०४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म मुलुकको आयात–निर्यात अनुपात ६.४३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म आयात–निर्यात अनुपात १०.१८ प्रतिशतले थियो। आयात–निर्यात अनुपात ३६.८३ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS