IME Life New

युनिलिभिर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले आर्थिक वर्ष २०८१।८२ का लागि घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ।

कम्पनीले वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। भोलि कात्तिक १० गते छठको सार्वजनिक बिदा परेकोले आजसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

Esewa
Crest

कम्पनी सञ्चालक समितिले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश पारित गर्न कम्पनीले आउँदो कात्तिक २५ गते ३२ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा अपराह्न ४ बजेबाट सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS