IME Life New

कुन विकास बैंकको शेयर किन्दा अझै पाइन्छ प्रस्तावित लाभांश ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सूचीकृत १५ विकास बैंकहरुमध्ये ४ विकास बैंकले गत आर्थिक वर्ष ८१/८२ को लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गरेका विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् ।

दुई विकास बैंकको बुक क्लोज  सकिसकेको :

Crest

लाभांश घोषणा गरेका ४ विकास बैंकमध्ये दुई विकास बैंकको बुक क्लोज सकिसकेको छ । कामना सेवा विकास बैंक र मुक्तिनाथ विकास बैंकको बुक क्लोज मिति सकिसकेको  हो । कामना सेवा विकास बैंकले असोज ८ गते बुक क्लोज गरेकोमा असोज ७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गरेका छन् ।  कामना सेवाले साधारणसभा समेत सम्पन्न गरिसकेको छ । कम्पनीले असोज २४ गते साधारणसभा सम्पन्न गरेको हो । साधारणसभा मार्फत कम्पनीले १० प्रतिशत बोनस शेयर र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

त्यस्तै मुक्तिनाथ विकास बैंकले पनि बुक क्लोज गरिसकेको छ । कम्पनीले असोज ३१ गते बुक क्लोज गरेको हो । बुक क्लोजको आधारमा असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।  कम्पनीको साधारणसभा भने सम्पन हुन् बाँकी छ । कम्पनीले कार्तिक १५ गते वार्षिक साधारणसभा गर्दै छ । सभामा १३ दशमलव ५३ प्रतिशत बोनस शेयर र ४ दशमलव ६७ प्रतिशत नगद लाभांशको प्रस्ताव कम्पनीले लैजादै छ ।

बुक क्लोज हुन बाँकी दुई विकास बैंक :

लाभांश प्रस्ताव गरेर बुक क्लोज आउँन बाँकी दुई कम्पनी रहेका छन् । गरिमा विकास बैंकले साधारणसभा र बुक क्लोजको मिति तय गरे पनि बुक क्लोजको मिति आउँन बाँकी छ । बैंकले कार्तिक २७ गते हुने साधारणसभा प्रयोजनको लागि कार्तिक १८ गते बुक क्लोज गर्दै छ । बुक क्लोजको आधारमा कार्तिक १७ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने छन् । बैंकले साधारणसभामा ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ५३ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादै छ ।

त्यस्तै मितेरी डेभलपमेन्ट बैंकले भने १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा बैंकको बुक बुक क्लोजको मिति नै तय हुन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

0%

दु :खी

0%

अचम्मित

38%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS