IME Life New

आज गाई पूजा र म्हःपूजा गरी मनाइँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज यमपञ्चक अन्तर्गत तिहारको तेस्रो दिन गाई पूजा एवम् नेवारी समुदायहरूले म्हःपूजा गर्दैछन्। गाईलाई पवित्र मानेर पूजा गर्ने परम्परा वैदिक कालदेखिको विधि हो । आज नेवारी समुदायहरूले साँझ घरमा परिवारका सबै व्यक्तिहरू बसी म्ह पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन रहेको छ ।

यमपञ्चक अन्तर्गत आज गाईको पूजा गरी गाई तिहार मनाइँदै छ। कात्तिक कृष्ण प्रतिपदाका दिन गाईलाई लक्ष्मीको प्रतीक एवम् गौमाता स्वरूप आमाको रूपमा पूजा गरिन्छ। गाईका शरीरमा सबै देवीदेवता निवास गर्ने शास्त्रीय कथनअनुसार गाई पूजा गर्दा गाईका शिरदेखि पाउसम्मका अङ्गहरूको पूजा गर्ने चलन छ ।

Esewa
Crest

गाईलाई शृङ्गार गरेर माला लगाई तेल घसेर सम्मान गरी मीठो खानेकुरा दिने गरिन्छ । कसैकसैले यस दिन गाईलाई बालीमा हुलेर चराउने गर्दछन्। रक्षाबन्धनका दिन हातमा बाँधेको डोरो यस दिन गाईको पुच्छरमा बाँधिइदिनाले मृत्युपछिको कष्टमय सागर वा वैतरणी पार गर्न सजिलो हुने धार्मिक विश्वास रहेको छ । गाईको गहुँत र गोबरमा अमृत तत्त्वरूपी औषधीय गुण हुन्छ एवम् गाईको दूधमा आरोग्य र कुशाग्र वृद्धि विकास गराउने रस हुन्छ भन्ने तथ्य प्रमाणित भएको छ । गाई अत्यन्तै गुणी र साधु प्राणी हो ।

म्हःपूजा आफूले आफैँलाई पूजा गर्ने पर्व हो। हरेक वर्ष नेपाल संवत् सुरु हुने दिन नेवारी सम्प्रदायमा म्हस् पूजा गरिन्छ। आफू नै सबैभन्दा ठुलो चिज हो, त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हस् पूजा गरिन्छ। म्हस् पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा हो। आफू भएपछि मात्र संसार हुन्छ भन्ने मान्यता स्वरूप म्हः पूजा गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS