IME Life New

भारतमा पेट्रोलियम इन्धनमा बायो डिजल मिसावटसँगै महँगिने भो मोटर बीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय सवारी साधनमा प्रयोग हुने पेट्रोलियम इन्धनमा २० प्रतिशत प्राकृतिक इन्धन(बायो डिजल) को मिसावटका लागि सरकारी अभियानमा तीब्रतासँगै मोटर गाडी मालिकहरूको तनाव चुलिएको छ।  ई ओ

विशेषगरी सत्तारूढ दलका केही प्रभावशाली नेता र सत्ता निकट व्यवसायीक घरानाको स्वार्थमा लादिएको यो वैधानिक मिसावटले इन्धनको क्षमता घटाउने र मोटरगाडीको इन्जिनमा दबाब थप्ने भएकाले सवारी धनीहरू चिन्तित भएका हुन्।

Crest

भारतीय पारवहन मन्त्री नितिश जयराम गडकरीले सर्वसाधारणले अपेक्षा गरेभन्दा निक्कै सस्तोमा इन्धन खरिद गर्न पाउने भन्दै वैधानिकरूपमै २० प्रतिशत इन्धन मिसावटको सरकारी तयारीको आवश्यकता पुष्टी गर्न देशव्यापी अभियान चलाए।

भारतीय स्वतन्त्र सञ्चार गृहहरूको रिपोर्ट अनुसार, मिसावट शुरू भएपछि सरकारले झनै महँगो मूल्यमा इन्धन बिक्री गरिरहेको भन्दै चर्को आलोचना शुरू भएपछि पारवहनमन्त्री गडकरी वायू प्रदुषण नियन्त्रणको लक्ष्य पुरा गर्न बायो इन्धनको प्रयोग बढाउनु बाध्यकारी र अनिवार्य भएको भन्दै सुलभ मूल्यमा इन्धन उपलब्ध गराउने साबिकको बाचालाइ धोकामा परिणत गरिदिए ।

सरकारले पेट्रोलियम इन्धनमा इथानल ट्वान्टी (इट्वान्टी) भन्दै पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउन इन्धन बिक्रेताहरूलाई स्वीकृति दिइसकेको छ। यद्दपी सरकारले मिसावट शुरू गरेपनि इन्धनको मूल्य भने घटेन, झनै महँगो भयो।

हालै प्रकाशित समाचारहरू अनुसार, इथानोल उत्पादन र आपूर्तीको ठेक्का पाएको कम्पनी सिआन एग्रोमा मन्त्री गडकरीका छोरा निखिल गडकरी मुख्य साझेदार छन् । त्यसैले यसको प्रवर्द्धनका पछाडी मन्त्री गडकरीले अधिक चासो र सकृयता देखाएको अारोप अझै चर्को स्वरमा गुञ्जिन थालेको छ।

के हो इथानोल ?

इथानोल भनेको जैविक श्रोतबाट उत्पादित इन्धन हो। उखू,  मकै, काठ, शितल चिनी, चुकन्दर पेल्ने मिलले पेलेपछि निस्किने रस(चिनी)लाइ विभिन्न चरणमा प्रशोधन गरेर इथानोल इन्धन उत्पादन गरिन्छ। यस प्रकृयामा इष्टको सहायताले चिनीको रसलाइ कुहाएर(घरेलु रक्सी पारे झैं) कार्बनडाइन अक्साइड तत्वलाइ वाष्फिकरणको माध्यबाट छानेर बाँकी रहने तत्वलाई बियरमा परिणत गरिन्छ। त्यसपछि अल्कोहलमध्ये ८० प्रतिशत तत्व इथानोललाई पुनः थप तापक्रम र वाष्फिकरणको प्रकृयाबाट इथानललाई छुट्याइन्छ। यसरी छुट्याइएको इथानललाई भण्डारण गरेर इन्धनको रूपमा प्रयोगमा ल्याइन्छ।

इथानोल जस्ता जैविक इन्धनलाई पेट्रोलको सफा विकल्पको रूपमा प्रचार गरिएको छ जसले महँगो तेल आयात र जलवायू ताप उत्सर्जन घटाउन सक्छ।

तर भारतमा व्यापकरूपमा लागू गरिएको यो वैधानिक मिसावटका कारण सवारीधनी र चालकहरू चिन्तित देखिएका छन् । उनीहरूको चिन्ता छ कि अब यो इन्धनको प्रयोग सँगै सवारी उत्पादकले दिएको वारेण्टी र मोटर बीमा योजनाले नयाँ इन्धनबाट हुने क्षतिलाई बहन गर्दैन।

सरकारले भनेको छ कि इट्वान्टी इन्धनले सवारी साधनको वारेन्टी वा बीमालाई रद्द गर्दैन र कुनै पनि ठूलो इन्जिन क्षतिको घटना पनि प्रकाशमा आएको छैन।

पुराना सवारी साधनहरू पेट्रोलियम इन्धनको उपयोगलाई ध्यानमा राख्दै बनाइएका थिए। ती सवारी साधनका मालिकहरूको लागि अब मिसावटसँगै आउने सवारी मर्मत सम्भारको भारलाई बीमालेख नसमेट्ने भएपछि तनाव बढेको हो।

भारतको इथानोल अभियान किन विवादास्पद छ?

११ वर्षमा, इन्धनमा इथानोलको हिस्सा १.५ प्रतिशतबाट बढेर २० प्रतिशत पुगेको छ, जसबाट सरकारले कच्चा तेल आयातमा १.०६ खर्ब रुपैयाँ (१२.०२ अर्ब अमेरिकी डलर) बचत भएको र दशकमा ५४.४ मिलियन टन कार्बन उत्सर्जनबाट बच्न सफल भएको दाबी गरेको छ।

यो उपलब्धि हासिल गर्न, भारतले उखु, मकै र चामलको ठूलो अंश इन्धन उत्पादनमा प्रयोग गरिएको छ, जसले गर्दा अाम भारतीय र चाैपायाका लागि अन्नको उपलब्धता घट्दै गएको छ र कृषि जमिनलाई खाद्यान्न बालीबाट टाढा सारिएको छ।

अमेरिकी कृषि विभागद्वारा वित्त पोषित २०२२ को अध्ययन र २०२० रोयल सोसाइटी जर्नलमा प्रकाशित समीक्षा अनुसार, इथेनॉल बनाउन यी बालीहरूको खेती र प्रशोधनले इन्धनभन्दा बढी उत्सर्जन उत्पन्न गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS