IME Life New

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ८०% सम्म छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक हवाई भाडामा ज्येष्ठ नागरिकले ८० प्रतिशतसम्म छुट पाउने भएका छन्।

नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयमा आज वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले ज्येष्ठ नागरिकलाई ८० प्रतिशतसम्म हवाई भाडा छुट दिने निर्णय गरेको हो। निर्णयअनुसार हवाई भाडामा ८० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई ८०% छुट र ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई ७०% छुट साथै व्यवस्था गरिने भएको छ।

Esewa
Crest

यसैगरी हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई ५०% छुट प्रदान गरिने निर्णय भएको छ। जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुको सन्दर्भमा समेत न्यूनतम ५०% छुट सुनिश्चित हुने गरी व्यवस्था गरिने भएको छ।

यसका साथै सहमति भएअनुरुपका विषयहरुलाई आजैबाट कार्यान्वयन गर्न प्राधिकरणले सम्बद्ध सम्पूर्ण वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS