IME Life New

त्रिभुवन माध्यमिक विद्यालयमा ग्लोबल आइएमई क्यापिटलद्वारा वित्तीय साक्षरता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बागलुङ जिल्लाको पैंयुपाटामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालय, पैंयुपाटा, बलेवामा असोज ३१ गतेका दिन धितोपत्र बजारसँग सम्बन्धित लगानी शिक्षा, पूँजीबजार लगायतको बारेमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारसँग सम्बन्धित विभिन्न पक्षहरुको बारेमा प्रस्तुति दिएका थिए ।

त्यसैगरी सोही कार्यक्रममा क्यापिटलको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल बोर्ड प्रदान गरिएको थियो ।

Esewa
Crest

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ग्लोबल आइएमई क्यापिटलका सञ्चालक एवं नेपाल सरकारका पूर्व सहसचिव शालिग्राम शर्मा पोडेलले पूँजी बजारसँग सम्बन्धित साक्षरता कार्यक्रमले लगानीको बारेमा विद्यार्थी भाइबहिनी लगायत स्थानिय व्यक्तिहरुलाई आधारभुत ज्ञान प्राप्त गर्ने अवसर मिलेको बताए । शिक्षण सिकाईका माध्यमबाट कक्षाकोठालाई सिकाई थलोका रुपमा परिवर्तन गर्नको लागि यस किसिमको शैक्षिक सामाग्रीले शैक्षिक गुणस्तरमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

सोही अवसरमा बोल्दै बागलुङ नगरपालिका वडा नं. १३ पैंयुपाटा, बलेवाका वडाध्यक्ष नारायण शर्मा पौडेलले विद्यार्थी भाइवहिनीहरुले यस्ता कार्यक्रमबाट शेयरको प्राथमिक बजारमा लगानी गरी अधिकतम लाभ लिन सक्ने बताए । शैक्षिक सामाग्री उपलब्ध गराई विद्यालयको पठनपाठनलाई प्रविधिमैत्री बनाउनको लागि क्यापिटलले डिजिटल बोर्ड उपलब्ध गराएकोमा क्यापिटल प्रति हार्दिक आभार व्यक्त गरे ।

यसैगरी कार्यक्रमको अध्यक्षता समेत गरेका त्रिभुवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. राम बहादुर के.सी.ले विद्यालयका विद्यार्थी, शिक्षक, सामुदायिक संघसंस्था एवं स्थानिय समुदायको प्रतिनिधिहरुलाई ग्लोबल आइएमई क्यापिटलले वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सञ्चालन तथा डिजिटल बोर्ड प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रम सञ्चालक एवं विद्यालयका प्रध्यानापक श्री कृष्ण प्रसाद पौडेलले यो महंत्वपूर्ण सहयोगले विद्यालय र समुदायमा क्यापिटल मार्केटसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुको साथै डिजिटल बोर्डको माध्यमबट विद्यालयको शिक्षण सिकाई प्रक्रियालाई आधनुकिकरण गरी शैक्षिक गुणस्तर अभिवृद्धिको लागि महत्वपूर्ण योगदान विश्वास व्यक्त गरे ।

कार्यक्रममा त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, स्थानिय व्यक्ति तथा विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरु एवं ग्लोबल आइएमई बैंक लि.का कर्मचारीहरुको उलेख्य सहभागिता रहेको थियो ।

धितोपत्र सम्बन्धी सूचना, गतिविधि तथा महत्वका बारेमा नयाँ लगानीकर्तालाई जानकारी दिन तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्नको लागि बागलुङ जिल्लाको बलेवामा गरिएको यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS