IME Life New

तिहार बिदा अघिको अन्तिम कारोबारमा बढ्यो शेयर बजार, कारोबार रकम २ अर्ब ७९ करोडमा सीमित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज तिहार बिदा अघिको अन्तिम कारोबारमा शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १६ दशमलव ६७ अंकले बढेर २,५०३ को विन्दुमा कायम भएको हो । आज १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२३ कम्पनीको ६१ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिरीको २५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको १६ करोड ९७ लाखको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । भगवती हाइड्रोका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन ८० २० का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS