IME Life New

तिहारमा धितोपत्र बोर्डका कर्मचारीको घरमा ‘लक्ष्मी’ नभित्रिने, खल्लो हुने भयो पर्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्वायत्तता कायम राख्नुपर्ने माग गर्दै कर्मचारीहरुले करिब ४ सातादेखि पेनडाउन गरेर आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनका कारण धितापत्र बोर्डको सम्पूर्ण कार्य ठप्प भएको छ। प्रशासनिक कार्यसमेत नखुल्दा असोजको तलब पनि कर्मचारीको बैंक खातामा नजाने लगभग पक्का भएको छ।

Esewa
Crest

अर्थ मन्त्रालयले (राजस्व सचिव) स्तरीय निर्णयबाट गत असोज २ गते पत्र पठाउँदै धितोपत्र बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सम्वन्धमा सञ्चालक बोर्डबाट जारी भएका कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने र उक्त कार्यविधि प्रचलित कानुनविपरीत रहेको जानकारी गराएको थियो। यसरी मन्त्रालयले कर्मचारीले पाउँदै आएका सेवासुविधा कटौती गरेपछि विगत २७ दिनदेखि आन्दोलन जारी रहेको छ। कर्मचारीहरुले अर्थ मन्त्रालयको निर्णय फिर्ता लिँदै धितोपत्र बोर्डको स्वायत्तता काम गर्न माग गरेका छन्।

आन्दोलनरत धितोपत्र बोर्डका एक कर्मचारीले हालसम्म अर्थ मन्त्रालयमा कुनै पनि रेस्पोन्स प्राप्त नभएको गुनासो पोखे। ‘अहिले अध्यक्ष पनि नियमित रुपमा कार्यालयमा आउनुहुन्न’, ती कर्मचारीले भने, ‘आज पनि हाजिर गरेर बाहिरिनुभयो। उहाँले पनि खासै चासो दिएको देखिन्न।’

प्रशासन कार्य नभएपछि तलब जाने सम्भावना नै नरहेको ती कर्मचारीले बताए। ‘यसपालि तिहारमा हाम्रो घरमा लक्ष्मी नभित्रिने निश्चित भएको छ’, ती कर्मचारीले भने।

हाल धितोपत्र बोर्डमा करिब १०० जनाजति कर्मचारी कार्यरत छन्। आन्दोलनकै कारण तलब नजाने भएपछि यसपालिको पर्व उनीहरुका लागि खल्लो हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS