IME Life New

भाइटीकामा बीमा पोलिसी उपहारः भविष्यमा पर्न सक्ने खतरालाई न्यूनीकरण गर्न सघाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिहार नेपालीहरुको महान पर्व दसैँपछिको मुख्य चाड हो। यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन (काग तिहार)देखि कात्तिक शुक्लपक्षको द्वितीया तिथिको भाइटीका (पाँच दिन) सम्म मनाइन्छ। नेपाली समाजमा मानिने चाडमध्येको एउटा मुख्य चाड हो तिहार। तिहारलाई फूलैफूलको पर्वका रुपमा पनि लिने गरिन्छ। तिहार दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउने पर्व पनि हो।

सेलरोटी, देउसी–भैलो खेल्ने, लक्ष्मीको पूजा गर्ने तथा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर यो पर्व सकिन्छ। पाँच दिनसम्म मनाइने तिहारको पाँचौँ दिन भाइतिहार हिन्दु धर्मालम्बीहरुले तिहारको अन्तिम दिन अर्थात कात्तिक शुक्ल द्वितीया तिथिको दिनलाई विशेष दिनका रुपमा लिने गर्दछन्। यो दिनमा विशेषतः दिदीभाइ तथा दाजुबहिनीले एक–आपसमा विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मनपर्ने खानेकुरा खुवाई मनाउने गर्दछन्। दाजुभाइले दिदीबहिनीलाई दान, दक्षिणा एवं विभिन्न खालका उपहार दिने परम्परा पनि रहेको पाइन्छ।

Esewa
Crest

भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइको लामो दीर्घायु तथा उन्नतिको कामना गर्छन्। आफ्ना दाजुभाइलाई मनपर्ने खाने कुराका साथमा मनपर्ने विभिन्न उपहार दिने गर्दछन्। अनि दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई दक्षिणाका साथै केही उपहार दिन्छन्। जुन उपहार लामो समयसम्म सम्झन लायक होस् भनेर भन्न चाहन्छन्।

दीर्घायु र सफलताको कामना गर्ने आफ्ना प्यारा दिदीबहिनीलाई उनीहरुको भविष्यमा पर्न सक्ने खतरालाई न्यूनीकरण गर्न सघाउ पुगोस् भन्ने हेतुले यो तिहारमा भने बीमा पोलिसी उपहार दिने योजना बनाउँदा दाजुभाइका लागि लामो समयसम्म स्मरण पनि हुन्छ भने त्यसले दिदीबहिनीलाई भविष्यमा आईपर्ने गर्जो टार्नसमेत मद्दत पुग्दछ। भान्जाभान्जीको अध्ययन खर्चदेखि विभिन्न कर्मका लागि समेत दाजुभाइले तिहारमा दिएको बीमा पोलिसी एउटा समाधान बन्न सक्नेछ।

वर्ष दिनमा मनाइने पर्वमा नेपालीले धेरै अनावश्यक खर्च गर्ने गर्छन्। सरसापट गरेर भए पनि देखावटी रुपमा चाडपर्व मनाउने गर्छन्। तपाइँहरु पनि यसपालिको भाइटीकामा आफ्ना दाजुभाइ तथा दिदीबहिनीलाई के उपहार दिने भन्ने सोचमा हुनुहुन्छ होला र कतिपयले त तयार पनि गरि सक्नु नै भयो होला। यदि के दिने भन्ने सोचाइमा परिरहनुभएको छ भने बीमा पोलिसी उपहार दिँदा उत्तम हुन सक्छ। भविष्यमा आइपर्ने जोखिममा दिदीबहिनीले दाजुभाइलाई भन्नेछन्, ‘मेरा दाइ वा भाइले समयमै बीमा गरिदिएको भएर आज हामी जोखिमबाट मुक्त छौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS