IME Life New

दुई महिनामा वाणिज्य बैंकहरुको नाफा साढे १६ अर्ब माथि, कसको बढ्यो/घट्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो भदौसम्ममा साढे १६ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८१।८२ को भदौसम्ममा यी बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरुको नाफा ६.१८ प्रतिशतले घटेको छ।

Esewa
Crest

तथ्यांकअनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ भने वृद्धिदरका हिसाबले सिद्धार्थ बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको भदौसम्मको तुलनामा चालु वर्षको भदौसम्ममा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १० वटा घटेको छ।

चालु वर्षको भदौसम्म ग्लोबल आइएमई बैंकले १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको भदौसम्मको तुलनामा ३.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष भदौसम्म बैंकले १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष भदौसम्ममा बैंकले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा पनि २०.०९ प्रतिशतले घटेको छ।

उच्च नाफा आर्जनको हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ते्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष भदौसम्ममा बैंकले १ अर्ब ४१ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्ममा १०.५१ प्रतिशतले घटेर १ अर्ब २३ करोड ४४४ लाख रुपैयाँमा खुम्चिएको छ।

यसैगरी चालु वर्षको भदौसम्ममा कुमारीले १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ र एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कुमारी बैंकको नाफा २.६० प्रतिशतले घट्दा प्राइम कमर्सियल बैंकको ७.३९ र एनएमबि बैंकको ३२.१४ प्रतिशतले बढेको छ।

त्यस्तै भदौसम्ममा लक्ष्मी सनराइज बैंकले ९७ करोड ४१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ९१ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ५८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८४ करोड ९० लाख रुपैयाँ, नेपाल बैंकले ८४ करोड २८ लाख रुपैयाँ र सानिमा बैंकले ७२ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा यी सबै बैंकको नाफा बढेको छ।

भदौसम्ममा प्रभु बैंकले ६७ करोड ६० लाख रुपैयाँ, कृषि विकास बैंकले ५८ करोड ९८ लाख रपैयाँ, सिजिन्स बैंकले ५५ करोड ७६ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५३ करोड २२ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ४९ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका छन्। यी सबै बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा घटेको छ।

चालु वर्षको भदौसम्ममा माछापुच्छ्रे बैंकले ४८ करोड १९ लाख रुपैयाँ, हिमालयन बैंकले ३७ करोड ७ लाख रपैयाँ र नेपाल एसबीआई बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा माछापुच्छ्रे बैंकको नाफा बढ्दा अन्य दुईवटाको घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS