IME Life New

गुराँस लघुवित्तको साधारणसभा कात्तिक २३ मा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आफ्नो १० औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले साधारणसभा यही कात्तिक २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनकुटाको धनकुटा–१ हिलेस्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले संस्था सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ करोड ५८ लाख ४९ हजार ५०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशतले हुन आउने बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

सभाले बोनस शेयर वितरणपछि संस्थाको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्नेछ। सभाले गत आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS