IME Life New

तिहार बिदामा पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा, राष्ट्र बैंकको आपूर्ति प्रणाली सहज गर्ने पहल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वको सार्वजनिक बिदाको समयमा पनि भाइटीकाको दिनबाहेक अन्य दिनमा भन्सार जाँचपाससम्बन्धी बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले ‘क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्रचार गर्दै व्यापार सहजीकरण, आपूर्ति प्रणालीलाई निरन्तरता दिन र अत्यावश्यक सेवा प्रवाहलाई सुचारु राख्न यस्तो आग्रह गरेको हो। चाडपर्वका बेला लामो बिदा हुँदा भन्सार नाकाहरुमा मालसामानको जाँचपास रोकिएर राजस्व संकलनमा असर पर्ने तथा बजारमा वस्तु तथा सेवाको आपूर्तिमा बाधा पुग्ने जोखिम रहन्छ। अर्थ मन्त्रालय र भन्सार विभागको विशेष अनुरोधमा राष्ट्र बैंकले बैंकहरुलाई यो निर्देशन दिएको हो।

Esewa
Crest

यस निर्देशनले विशेषगरी चीन र भारतबाट आयात हुने चाडपर्वलक्षित सामान र अन्य अत्यावश्यक वस्तुको निर्वाध प्रवेश सुनिश्चित गर्न मद्दत पुग्छ। यसअघि पनि दसैँको टीका (विजयादशमी) को दिनबाहेक अन्य बिदाका दिनमा भन्सार जाँचपासका लागि बैंकहरु खुला राखिएको थियो।

राष्ट्र बैंकले ठूलो मूल्यको भुक्तानी र अत्यावश्यक भुक्तानीका लागि प्रयोग गरिने रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली लाई पनि बिदाका दिनमा सञ्चालन गरेको छ। आज (शनिबार) का लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन गरिएको थियो।

आरटीजीएस प्रणाली एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न प्रयोग हुने छिटो, सुरक्षित र ठूलो रकमको भुक्तानी प्रणाली हो। यसको सञ्चालनले बैंकिङ प्रणालीको तरलता व्यवस्थापन र अत्यावश्यक अन्तरबैंक कारोबारलाई बिदाको दिनमा पनि निरन्तरता दिन्छ।

राष्ट्र बैंकको यो निर्णयले सार्वजनिक बिदाको समयमा पनि आर्थिक गतिविधिलाई पूर्ण रुपमा ठप्प हुनबाट जोगाउँछ। यसले सरकारी राजस्व संकलनलाई निरन्तरता दिनुका साथै व्यापारीहरुलाई भन्सार जाँचपासमा हुने ढिलाइबाट बचाउँदै आम उपभोक्ताका लागि बजारमा वस्तुको उपलब्धता सुनिश्चित गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS